मध्यपूर्वमा बढ्दो युद्ध तनावका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।
विमानस्थल आसपास आगलागी भएको घटनापछि यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै सबै उडान स्थगित गरिएको अधिकारीहरूले बताएका छन्।
अमेरिकाले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव तीव्र बनेको बताइएको छ। यसले मध्यपूर्वका प्रमुख हवाई ट्रान्जिट केन्द्रहरूमा असर पारेको छ।
विश्वकै व्यस्त विमानस्थलमध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौँ उडान र लाखौँ यात्रु प्रभावित भएका छन्। सन् २०२५ मा मात्र यस विमानस्थलबाट करिब ९ करोड यात्रुले यात्रा गरेका थिए।