समानुपातिक सूचीप्रति असन्तुष्टि जनाउँदै रास्वपा नेतृको टिप्पणी

एक महिना अगाडि
समानुपातिक सूचीप्रति असन्तुष्टि जनाउँदै रास्वपा नेतृको टिप्पणी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले पार्टीले सार्वजनिक गरेको समानुपातिक सांसद सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

उनले कोशी प्रदेशको भौगोलिक तथा जातीय प्रतिनिधित्व पर्याप्त रूपमा समेट्न नसकिएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तोष व्यक्त गरेकी हुन्। आफ्नो सुझावअनुसार पहाडी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए पनि त्यसलाई बेवास्ता गरिएको उनको दाबी छ।

ओखलढुंगाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई तथा ताप्लेजुङकी मीरा लाबुङलाई सूचीमा समावेश नगरेकोप्रति उनले प्रश्न उठाएकी छन्। पार्टीभित्र केन्द्रीय नेतृत्वसँग नजिक रहेका व्यक्तिहरूले मात्र अवसर पाएको आरोप पनि उनले लगाएकी छन्। सुनसरी–१ बाट चुनाव हारेकी तामाङले यस्तो निर्णयले संगठनभित्र असन्तुष्टि बढ्न सक्ने चेतावनीसमेत दिएकी छन्।