सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन प्रतितोला ३ लाख ९ हजार ९ सय

एक महिना अगाडि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन प्रतितोला ३ लाख ९ हजार ९ सय

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको छ।

सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि मंगलबार बढेको छ। सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव, डलरको विनिमय दर तथा विश्व राजनीतिक अवस्थाले बहुमूल्य धातुको मूल्यमा असर पार्ने गरेको व्यवसायीहरूले बताएका छन्।