रास्वपाले सुरु गर्‍यो सांसद अभिमुखीकरण, दुई दिनसम्म संसदीय तालिम

एक महिना अगाडि
रास्वपाले सुरु गर्‍यो सांसद अभिमुखीकरण, दुई दिनसम्म संसदीय तालिम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बिहान १० बजेदेखि ललितपुरस्थित होटल रोयलमा कार्यक्रम सञ्चालन भइरहेको छ। दुई दिनसम्म चल्ने कार्यक्रममा संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे प्रशिक्षण दिइनेछ।

कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले तथा महामन्त्री बुर्लाकोटीले प्रशिक्षण दिनेछन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट निर्वाचित १८२ जना सांसद कार्यक्रममा सहभागी हुने जनाइएको छ।

अभिमुखीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन हलभित्र मोबाइल फोन प्रयोग गर्न, बाहिरी व्यक्तिको प्रवेश गर्न तथा फोटो खिच्न समेत प्रतिबन्ध लगाइएको पार्टीले जनाएको छ।