सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको ४७ प्रतिशत पुग्यो

एक महिना अगाडि
सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको ४७ प्रतिशत पुग्यो

काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यससँगै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सार्वजनिक ऋणको हिस्सा ४७ दशमलव १३ प्रतिशत पुगेको छ।

आर्थिक वर्ष सुरु हुँदा कुल ऋण २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो। आठ महिनाको अवधिमा मात्रै सरकारले २ खर्ब ४ अर्ब रुपैयाँ थप ऋण लिएको छ।

कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशत रहेको छ भने आन्तरिक ऋण ४७ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

ऋणको भार निरन्तर बढ्दै जाँदा भविष्यमा अर्थतन्त्रमा दबाब बढ्न सक्ने भन्दै अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन्।