काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट सार्वजनिक गरेको हो।
आईपीओमा कुल २६ लाख ८७ हजारभन्दा बढीले आवेदन दिएका थिए। तीमध्ये २६ लाख ५० हजार आवेदन स्वीकृत भएका छन्।
गोलाप्रथामार्फत १ लाख ८४ हजार २६० जनालाई १० कित्ताका दरले सेयर वितरण गरिएको छ।
यसरी हेर्दा २४ लाखभन्दा बढी आवेदकले भने सेयर पाउन सकेनन्।
आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ।