प्रतिपक्षविहीन संसद् बनाउने अभिव्यक्ति चिन्ताजनक : मीनेन्द्र रिजाल

४ हप्ता अगाडि
प्रतिपक्षविहीन संसद् बनाउने अभिव्यक्ति चिन्ताजनक : मीनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएका छन्।

रास्वपाको अभिमुखीकरण कार्यक्रममा अर्यालले आगामी निर्वाचनपछि प्रतिपक्षविहीन संसद् हुने गरी काम गर्न निर्देशन दिएका थिए।

त्यही अभिव्यक्तिप्रति टिप्पणी गर्दै रिजालले संसद्मा विपक्ष नै नरहने सोच लोकतान्त्रिक अभ्यासका लागि चिन्ताजनक भएको बताएका हुन्।

उनले प्रतिपक्षविहीन संसद्को अवधारणाले राजनीतिक प्रतिस्पर्धा र लोकतान्त्रिक सन्तुलन कमजोर हुने बताए।

रिजालले आफूहरू अहिले आफ्नै आन्तरिक समस्याको बोझले थिचिएको टिप्पणी गर्दै पनि लोकतन्त्रमा प्रतिपक्षको भूमिका अनिवार्य रहने धारणा व्यक्त गरे।