किभ । युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रहरूको समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
जीसीसीका महासचिव जसिम मोहम्मद अल बुदैवी र युक्रेनका विदेश मामिला मन्त्री एन्ड्री सिबिहाबीच भएको टेलिफोन वार्तामार्फत युक्रेनले यस्तो समर्थन जनाएको हो।
वार्ताका क्रममा इरानद्वारा खाडी मुलुकहरू तथा जोर्डनको हाशेमाइट राज्यतर्फ गरिएको सैन्य कारबाहीको निन्दा गरिएको थियो।
यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव २८१७ लाई समर्थन र प्रायोजन गर्न युक्रेनले गरेको प्रयासको जीसीसी सदस्य राष्ट्रहरूले प्रशंसा गरेका छन्।
उक्त प्रस्तावले क्षेत्रीय सुरक्षामा खतरा पुर्याउने आक्रमणको निन्दा गर्दै तनाव घटाउने प्रयासलाई समर्थन गरेको छ।
यता इरानले हालै अमेरिका सँग कूटनीतिक संवाद पुनः सुरु गर्ने प्रयास गरेको भए पनि अमेरिकी प्रशासनले त्यसलाई अस्वीकार गरेको बताइएको छ। इरानी अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पश्चिम एसिया दूत स्टीभ विटकफमार्फत संवादको पहल गरेका थिए।