काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्।
फागुन २१ गतेको निर्वाचनमा सर्लाही–४ बाट पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै उनले पद त्यागेका हुन्। कांग्रेसले अपेक्षाअनुसार नतिजा ल्याउन नसकेको निष्कर्षसहित उनले निर्णय लिएको जनाइएको छ।
थापाको राजीनामाबारे निर्णय गर्न शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ, जसको अध्यक्षता उपसभापति शर्माले गर्नेछन्।