निर्वाचन आयोगको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष

४ हप्ता अगाडि
निर्वाचन आयोगको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने भएको छ।

समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि आयोगले समग्र नतिजासहित प्रतिवेदन बुझाउने तयारी गरेको हो। प्रतिवेदन पेश भएसँगै संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४–४ सिट प्राप्त गरेका छन्। आयोगले आजै पत्रकार सम्मेलन गर्ने जनाएको छ।