सुनचाँदीको मूल्यमा गिरावट

४ हप्ता अगाडि
सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँले घटेर ३ लाख २ हजार ३ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन सुन ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण मूल्यमा उतारचढाव भइरहेको महासंघले जनाएको छ।