मेसीको ९०० गोलको ऐतिहासिक उपलब्धि

४ हप्ता अगाडि
मेसीको ९०० गोलको ऐतिहासिक उपलब्धि

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले करियरका ९०० गोल पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

इन्टर मियामीबाट खेल्दै न्यासभिल एससीविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन्। ३८ वर्षीय मेसी यस्तो उपलब्धि हासिल गर्ने विश्वका दोस्रो खेलाडी बनेका छन्।

यसअघि क्रिस्टियानो रोनाल्डोले ९०० गोलको आँकडा पार गरेका थिए। मेसीले बार्सिलोना, पीएसजी र अर्जेन्टिनाबाट उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलमा आफ्नो प्रभाव कायम राखेका छन्।