सरकार-जेनजी

सरकार र जेनजीबीचको समझौतापत्र कमन जेन्जीले च्यात्यो

४ महिना अगाडि
सरकार र जेनजीबीचको समझौतापत्र कमन जेन्जीले च्यात्यो

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीचमा सम्झौतालाई कमन जेनजी नेपालले अस्वीकार गरेको छ । 

सम्झौतापत्रले जेनजी जनआन्दोलनको वास्तविक मर्म, मुद्दा र जनआवाजलाई पूर्ण रूपमा वेवास्ता गरेको कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले बताए । 

सरकारले देशको राजनीतिक संकट समाधान गर्न आवश्यक मूल प्रश्नहरूलाई सम्बोधन गर्न असफल भएको कमन जेनजीको निष्कर्ष छ। निकास दिलाउन असफल सुशीला सरकारले बाहिरी शक्तिको निर्देशनमा निर्वाचन गराउनु जेनजी आन्दोलनप्रतिको धोखा भएको कमन जेनजीले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।  

जेनजी आन्दोलनको मागलाई प्रत्यक्ष सम्बोधन नगर्ने, भ्रष्टाचारी र हत्यारालाई उन्मुक्ति दिने र युवाहरूको बलिदानमाथि अवहेलना गर्ने कुनै पनि गतिविधि आफूहरुलाई अस्वीकार्य रहेको साहले जनाएका छन् । 

साथै आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कमन जेनजी नेपालका अध्यक्ष साह सहितका जेनजी अगुवाहरुले सो सम्झौताको प्रतिलिपि च्यातेका छन् । भएको सम्झौतालाई कमन जेनजी नेपालले अस्वीकार गरेको छ । 

सम्झौतापत्रले जेनजी जनआन्दोलनको वास्तविक मर्म, मुद्दा र जनआवाजलाई पूर्ण रूपमा वेवास्ता गरेको कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले जनाए । 

सरकारले देशको राजनीतिक संकट समाधान गर्न आवश्यक मूल प्रश्नहरूलाई सम्बोधन गर्न असफल भएको कमन जेनजीले जनाएको छ । निकास दिलाउन असफल सुशीला सरकारले बाहिरी शक्तिको निर्देशनमा निर्वाचन गराउनु जेनजी आन्दोलनप्रतिको धोखा भएको कमन जेनजीले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।  

जेनजी आन्दोलनको मागलाई प्रत्यक्ष सम्बोधन नगर्ने, भ्रष्टाचारी र हत्यारालाई उन्मुक्ति दिने र युवाहरूको बलिदानमाथि अवहेलना गर्ने कुनै पनि गतिविधि आफूहरुलाई अस्वीकार्य रहेको साहले बताए । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कमन जेनजी नेपालका अध्यक्ष साह सहितका जेनजी अगुवाहरुले सो सम्झौताको प्रतिलिपि च्यातेका छन् ।