कतारमा इरानको मिसाइल आक्रमण

४ हप्ता अगाडि
कतारमा इरानको मिसाइल आक्रमण

दोहा । इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल आक्रमण गरेको छ।

इजरायल र अमेरिकाले इरानको ग्यास क्षेत्रमा आक्रमण गरेपछि प्रतिकारस्वरूप उक्त कदम चालिएको बताइएको छ। आक्रमणपछि ग्यास प्रशोधन केन्द्रमा आगलागी भए पनि नियन्त्रणमा ल्याइएको छ।

कतारले घटनालाई आफ्नो सुरक्षामाथिको खतरा भन्दै कडा प्रतिक्रिया जनाएको छ र इरानका दुई कूटनीतिज्ञलाई निष्कासन गरेको छ।