इरान युद्धका लागि अमेरिकाको ठूलो बजेट प्रस्ताव

४ हप्ता अगाडि
इरान युद्धका लागि अमेरिकाको ठूलो बजेट प्रस्ताव

वाशिङ्टन डीसी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको सम्भावित युद्धका लागि थप २ खर्ब डलर बजेट माग गरेको छ।

वाशिङ्टन पोस्टका अनुसार हतियार उत्पादन र सैन्य तयारीका लागि उक्त बजेट आवश्यक भएको उल्लेख गरिएको छ।

यो प्रस्ताव अमेरिकी संसदमा पेश गरिनेछ, जहाँ यसबारे व्यापक राजनीतिक बहस हुने सम्भावना रहेको छ। विश्लेषकहरूले इरानसँगको तनाव अमेरिकाका लागि महँगो र जटिल बन्दै गएको बताएका छन्।