शेयर बजारमा उच्च वृद्धि, नेप्से २८७७ विन्दुमा

४ हप्ता अगाडि
शेयर बजारमा उच्च वृद्धि, नेप्से २८७७ विन्दुमा

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा उल्लेख्य वृद्धि भएको छ।

नेप्से परिसूचक ६४.६७ अंकले बढेर २ हजार ८७७.०२ विन्दुमा पुगेको छ। आज अधिकांश कम्पनीहरूको शेयर मूल्य बढेको छ भने विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ।

बजार बढेसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। ३४२ कम्पनीका ५ करोडभन्दा बढी कित्ता शेयर २१ अर्ब रुपैयाँभन्दा बढीमा किनबेच भएको छ।