आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

४ हप्ता अगाडि
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भागमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य तराई क्षेत्रहरूमा आंशिक बदली रहने सम्भावना छ।

यस्तै, कर्णाली र सुदूरपश्चिमका केही स्थानका साथै कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ। बागमती प्रदेश का एक–दुई स्थानमा पनि यस्तै खालको मौसम रहने अनुमान गरिएको छ।

आज राति भने देशभर सामान्यतया बदली रहनेछ। कोशीसहित कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र बागमती प्रदेशका उचाइका क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। साथै, मधेस प्रदेश का एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसममा हुने परिवर्तनका कारण विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।