काँग्रेस केन्द्रीय समिति बैठक आज, निर्वाचन समीक्षा र नेतृत्व विषयमा छलफल हुने

४ हप्ता अगाडि
काँग्रेस केन्द्रीय समिति बैठक आज, निर्वाचन समीक्षा र नेतृत्व विषयमा छलफल हुने

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे सुरु हुने बैठकमा पछिल्लो प्रतिनिधिसभा निर्वाचनको समग्र समीक्षा गरिने जनाइएको छ।

बैठकमा निर्वाचन परिणाम, संगठनको अवस्था तथा आगामी रणनीतिबारे विस्तृत छलफल हुने तयारी गरिएको छ। हालै सम्पन्न निर्वाचनमा काँग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जित्दै कुल ३८ सिटसहित दोस्रो ठूलो दल बनेको छ।

यसैबीच, पार्टी सभापति गगनकुमार थापाले निर्वाचनमा पराजयपछि दिएको राजीनामाबारे पनि बैठकमा गम्भीर रूपमा छलफल हुने बताइएको छ। साथै समसामयिक राजनीतिक परिस्थितिबारे समेत नेताहरूबीच धारणा आदानप्रदान हुने कार्यक्रम रहेको छ।