जनकपुरमा प्रधानमन्त्री कार्कीको पहिलो भ्रमण, जानकी मन्दिरमा पूजा अर्चना

४ हप्ता अगाडि
जनकपुरमा प्रधानमन्त्री कार्कीको पहिलो भ्रमण, जानकी मन्दिरमा पूजा अर्चना

जनकपुरधाम । अन्तरिम सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री सुशिला कार्की पहिलो पटक जनकपुरधाम पुगेकी छन् । सो क्रममा उनले प्रसिद्ध जानकी मन्दिर मा पुगेर पूजा–अर्चना गरेकी हुन् ।

प्रधानमन्त्री कार्की जनकपुरधाम विमानस्थलबाट सिधै मन्दिर परिसर पुगेकी थिइन् । त्यहाँ उनले विधिपूर्वक पूजा गर्दै देशमा शान्ति, स्थायित्व र समृद्धिको कामना गरिन् ।

पूजा सम्पन्न गरेपछि प्रधानमन्त्री कार्कीले मन्दिरका महन्थ तथा पूजारीहरूसँग भेटघाट गर्दै धार्मिक तथा सांस्कृतिक पक्षका विषयमा कुराकानी गरेकी थिइन् ।

यस भ्रमणलाई प्रधानमन्त्री कार्कीको कार्यभार सम्हालेपछिको पहिलो जनकपुर यात्रा मानिएको छ । स्थानीय स्तरमा उनको उपस्थितिलाई विशेष चासोका साथ हेरिएको छ ।