अमेरिकी–इजरायल संयुक्त आक्रमणमा इरानी सैन्य प्रवक्ता मारिएको पुष्टि

४ हप्ता अगाडि
अमेरिकी–इजरायल संयुक्त आक्रमणमा इरानी सैन्य प्रवक्ता मारिएको पुष्टि

काठमाडौं । अमेरिका र इजरायलले गरेको संयुक्त मिसाइल आक्रमणमा इरानको इस्लामिक रिभोल्युशनरी गार्ड (IRGC) का प्रवक्ता जनरल अली मोहम्मद नाइनीको मृत्यु भएको पुष्टि भएको छ। इरानी सेनाले जारी गरेको जानकारीअनुसार उक्त आक्रमणमा उनी मारिएका हुन्।

नाइनीलाई इरानी सैन्य संरचनामा महत्वपूर्ण व्यक्तित्व मानिन्थ्यो र उनी दोस्रो कमाण्डरको भूमिकामा रहेका थिए। पछिल्लो समय क्षेत्रीय तनाव चुलिँदै जाँदा उनीमाथि लक्षित आक्रमण भएको अनुमान गरिएको छ।

यसअघि पनि अमेरिकी आक्रमणमा इरानका केही उच्च तहका अधिकारीहरूको ज्यान गएको बताइएको थियो। पछिल्लो घटनाले मध्यपूर्व क्षेत्रमा तनाव अझ बढ्ने संकेत देखिएको छ।

विश्लेषकहरूका अनुसार यस्तो घटनाले अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वलाई थप जटिल बनाउन सक्छ र यसले क्षेत्रीय सुरक्षा अवस्थामाथि गम्भीर प्रभाव पार्न सक्छ।