एमालेको नयाँ नेतृत्वका लागि ओली र पोखरेल समूह भिड्दै (उम्मेदवारको सूचीसहित)

४ महिना अगाडि
एमालेको नयाँ नेतृत्वका लागि ओली र पोखरेल समूह भिड्दै (उम्मेदवारको सूचीसहित)

काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनका लागि हुन लागेको निर्वाचनमा भाग लिने उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन भएको छ । 
कार्यतालिकाभन्दा ढिलो गरी नामावली प्रकाशन भएको हो । साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने भनिएको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्दैछन् । त्यस्तै यी दुईले आ आफ्नो प्यानल बनाएका छन् । एक्लाएक्लै उम्मेदवारी दिएपनि प्यानलमा भोट माग्न नेताहरु व्यस्त छन् । 
एमालेले निर्वाचन कार्यतालिका अनुसार, भोलि ११ बजेबाट मतदान हुने जनाइएको छ ।