श्रीलंकाले अमेरिकी लडाकु विमान अवतरण अनुमति अस्वीकार

३ हप्ता अगाडि
श्रीलंकाले अमेरिकी लडाकु विमान अवतरण अनुमति अस्वीकार

काठमाडौँ । श्रीलंकाले आफ्नो भूमिमा अमेरिकी लडाकु विमान अवतरण गर्न अनुमति नदिएको विषयले अन्तर्राष्ट्रिय तथा आन्तरिक राजनीतिक बहस तातेको छ। यस निर्णयपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेको राजनीतिक झुकावबारे विभिन्न टिप्पणीहरू सार्वजनिक भएका छन्। 

अमेरिकासँग सम्बन्धित केही विश्लेषक र सञ्चारमाध्यमले श्रीलंकामा “कम्युनिस्ट सरकार” रहेको दाबी गर्दै उक्त घटनालाई फरक कोणबाट प्रस्तुत गरेका थिए। तर श्रीलंकाका सञ्चारमाध्यम र विश्लेषकहरूले यसलाई अस्वीकार गर्दै देशमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकार रहेको स्पष्ट पारेका छन्। 

भारतीय सञ्चारमाध्यम द हिन्दूको रिपोर्टअनुसार, अमेरिकी पक्षले दुई वटा लडाकु विमानलाई मत्तला अन्तर्राष्ट्रिय विमानस्थलमा मा अवतरण गराउने प्रस्ताव राखेको थियो। ती विमानहरू जिबुटीस्थित सैन्य आधारबाट पठाउने योजना थियो, जसमा प्रत्येकमा आठवटा एन्टी–शिप मिसाइल जडान गरिएको बताइएको छ। 

राष्ट्रपति दिशानायकेले संसदमा जानकारी दिँदै भने, “हामीले स्पष्ट रूपमा अनुमति नदिने निर्णय गर्‍यौँ, किनकि श्रीलंकाले आफ्नो भूमिलाई कुनै पनि सैन्य तनाव बढाउने गतिविधिमा प्रयोग हुन नदिने नीति अपनाएको छ।” 

अमेरिका र इरानबीच बढ्दो तनावका कारण क्षेत्रीय सुरक्षा गतिविधि तीव्र भइरहेका बेला श्रीलंकाको यो कदमलाई धेरैले कूटनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्