एमालेमा नयाँ नेतृत्वका लागि ६ सय ५० भन्दाबढीको उम्मेदवारी, १७ जना निर्विरोध

४ महिना अगाडि
एमालेमा नयाँ नेतृत्वका लागि ६ सय ५० भन्दाबढीको उम्मेदवारी, १७ जना निर्विरोध

काठमाडौं । नेकपा एमालको ११औँ महाधिवेशनको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली मंगलबार विहान प्रकाशन गरिएको छ । अन्तिम नामावली प्रकाशन गर्दा ११ केन्द्रीय सदस्यसहित विभिन्न आयोगका ६ पदाधिकारी गरी १७ जना निर्विरोध निर्वाचित भएका छन् ।

अन्तिम नामावली अनुसार अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल गरी दुई जना, उपाध्यक्षमा ११ जना, महासचिवमा २ जना, उपमहासचिवमा ७ जना, सचिवमा २० जना उम्मेदवार छन्।

५ जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन् ।
महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन् ।

त्यस्तै ३ जना उपमहासचिवका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।

९ जना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत,। यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई  र हिक्मतकुमार कार्की छन् ।  

पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि मंगलबार बिहान अन्तिम नामावली प्रकाशन गरेको हो । मतदान ढिला गरी सुरु हुनेभएको छ । 

को–को भए, निर्विरोध निर्वाचित ? 
लुम्बिनी प्रदेश, महिलातर्फ– गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल 
मधेशी कलस्टर, युवातर्फ– अमरकुमार यादव 
समावेशी मुस्लिम महिलातर्फ– खाजिदा खानुत सिद्धकी 
समावेशी श्रमिक महिलातर्फ– कमलादेवी श्रेष्ठ र सीता लामा 
पिछडिएको क्षेत्र, महिलातर्फ– वदमीक्वारी बुढा
प्रवास दक्षिण एसिया– हरिप्रसाद घिमिरे 
४० वर्षमुनिको केन्द्रीय सदस्य युवा– नरेश रोकाया र सुशीलकुमार थापा 
अनुशासन आयोग–  अध्यक्ष भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिव राजेन्द्र घिमिरे 
लेखा आयोग– अध्यक्ष पुष्पराज कँडेल, उपाध्यक्ष धनेन्द्रराज घिमिरे र सचिव ईश्वरीप्रसाद खरेल