काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षाभन्दा कमजोर नतिजा प्राप्त गरेपछि उक्त बैठक बोलाइएको हो।
निर्वाचनमा अप्रत्यासित पराजय व्यहोरेको कांग्रेसले यस बैठकमार्फत समग्र समीक्षासहित आगामी रणनीति तय गर्ने तयारी गरेको छ। बैठकमा पार्टी सभापति गगनकुमार थापाले पेश गर्नुभएको राजीनामा प्रस्तावमाथि समेत छलफल हुने बताइएको छ।
यसका साथै बैठकमा वर्तमान राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण तथा पार्टीको आगामी कार्यदिशाबारे पनि गहन छलफल हुने नेताहरूले जनाएका छन्।