काठमाडौं । अष्ट्रेलियाको बेरोजगारी दर फेब्रुअरी महिनामा बढेर ४.३ प्रतिशत पुगेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ। अर्थशास्त्रीहरूले दर स्थिर रहने अनुमान गरे पनि त्यसको विपरीत वृद्धि देखिएको हो।
अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार जनवरी महिनामा ४.१ प्रतिशत रहेको बेरोजगारी दर फेब्रुअरीमा ४.३ प्रतिशत पुगेको हो।
यस्तै, सोही अवधिमा रोजगारी पाउने व्यक्तिको संख्या भने बढेको छ। जनवरीदेखि फेब्रुअरीसम्म ४८ हजार ९ सय जनाले थप रोजगारी प्राप्त गरेका छन्।
बेरोजगारी दरमा वृद्धि भए पनि रोजगारीमा देखिएको वृद्धि श्रम बजारको अवस्था मिश्रित रहेको संकेतका रूपमा विश्लेषण गरिएको छ।