काठमाडौं । पुसको दोस्रो साता बस्ने गरी राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोल्दै अध्यक्ष नारायण दाहालले बैठक बोलाउने तयारी भइरहेको जानकारी गराएका हुन्।
उनले पुसको १२ गते बैठक बोलाउन लागको बताए । १२ गतेसम्ममा हल तयार गर्न निर्देशन दिएको पनि उनले जानकारी दिए ।
उनले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि कुरा गरेर सदन बोलाउने तयारी भइरहेको बताए। उनले आफूहरूलाई १० दिन भन्दा बढी छलफल गर्ने बिजनेस नभएको भन्दै अभाव हुनसक्ने बताए।
जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रियसभा बैठक पनि अहिलेसम्म बस्न सकेको छैन।