पाल्पा । माथागढी गाउँपालिका मा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
चुनढुंगा खानीतर्फ जाँदै गरेको टिपर दुर्घटनामा परेको हो। तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।