पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: २१ जना विरुद्ध मुद्दा

३ हप्ता अगाडि
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: २१ जना विरुद्ध मुद्दा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

विशेष अदालतमा दायर मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसमेत प्रतिवादी छन्। अख्तियारले करिब ४६ करोड रुपैयाँ बिगो दाबी गरेको छ।

अभियोगपत्र अनुसार परामर्शदाताका लागि छुट्याइएको बजेट प्रयोग नगरी छुट्टै स्रोतबाट ५० करोडभन्दा बढी खर्च गराइएको र यसले राज्यलाई अतिरिक्त भार पारेको देखिएको छ। ठेक्का प्रक्रिया पनि सर्तविपरीत गरिएको आरोप छ।