पुरानै राजनीतिक संस्कार दोहोर्‍याए जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल

३ हप्ता अगाडि
पुरानै राजनीतिक संस्कार दोहोर्‍याए जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पुरानै राजनीतिक संस्कार र कार्यशैली बोकेर अघि बढेमा पार्टीलाई जनताले पाँच वर्षभन्दा बढी टिक्न नदिने चेतावनी दिएका छन्।

आइतबार रास्वपाको ओखलढुङ्गा शाखाले काठमाडौंमा आयोजना गरेको निर्वाचन समीक्षात्मक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र विभाजनको प्रवृत्ति र पुराना ढर्राको राजनीति दोहोरिए जनविश्वास गुम्ने बताएका हुन्।

पोखरेलले रास्वपालाई दीर्घकालीन रूपमा बलियो बनाउन आन्तरिक एकता, संगठन सुदृढीकरण र सुशासनमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले सामूहिक प्रयासबिना पार्टीलाई सफल बनाउन सम्भव नरहेको उल्लेख गरे।

उनका अनुसार नयाँ राजनीतिक शक्ति भएको रास्वपाले जनतामा पैदा गरेको आशा कायम राख्न पारदर्शिता, जिम्मेवारी र जवाफदेहितालाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताए।