अन्तर्राष्ट्रिय प्रभावः सुन–चाँदीको मूल्य घट्यो

३ हप्ता अगाडि
अन्तर्राष्ट्रिय प्रभावः सुन–चाँदीको मूल्य घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपालमा सुन–चाँदीको मूल्य घटेको छ। सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँले कम हो।

चाँदीको मूल्य पनि घटेर तोलामा ४ हजार ४२५ रुपैयाँ पुगेको छ। मध्यपूर्वमा जारी तनावका कारण विश्व बजारमा अस्थिरता बढ्दा यसको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्।