काठमाडौं । अमेरिकी चेतावनीबीच इरानले आफ्ना ऊर्जा संरचनामा आक्रमण भए होर्मुज स्ट्रेट बन्द गर्न सक्ने चेतावनी दिएको छ।
इस्लामिक रिभोलुसनरी गार्डले यस्तो कदम चाल्न सकिने संकेत दिएको हो। इरानका विदेशमन्त्री अब्बास अराग्चीले हाल स्ट्रेट बन्द नभएको तर बीमा जोखिमका कारण जहाज सञ्चालन प्रभावित भइरहेको बताएका छन्।
विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने यो मार्ग अवरुद्ध भए विश्व अर्थतन्त्रमा ठूलो असर पर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समयसीमा दिएपछि क्षेत्रीय तनाव झन् बढेको छ।