काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको ६ लेन सडक विस्तार कार्य ६७ प्रतिशत सम्पन्न भएको छ। १६ किलोमिटर लामो यो आयोजना तीन वर्षअघि सुरु गरिएको हो।
आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। साँगा–धुलिखेल खण्डमा ६० प्रतिशत र सूर्यविनायक–साँगा खण्डमा ५५ प्रतिशत काम सम्पन्न भएको छ।
केही स्थानमा स्थानीय विवाद र मुआब्जा समस्याका कारण ढिलाइ भए पनि म्याद थपेर निर्माण कार्य अघि बढाइएको छ। निर्माण कम्पनीले तोकिएको समयभित्र काम सम्पन्न गर्ने दाबी गरेको छ।