काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपाली (एनआरएन) का लागि छुट्टै सेवा काउन्टर स्थापना गरिने भएको छ।
अध्यागमन विभागले आगमन र प्रस्थान दुवै कक्षमा अलग्गै डेस्क राख्न निर्देशन दिएको छ। विदेशमा रहेका नेपाली मूलका नागरिकसँग सम्बन्ध सुदृढ गर्ने तथा पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।
लामो समयदेखि उठ्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले यो निर्णय गरेको हो।