लिपुलेक विवादमा परराष्ट्र मन्त्रालय अझै निष्कर्षविहीन

३ हप्ता अगाडि
लिपुलेक विवादमा परराष्ट्र मन्त्रालय अझै निष्कर्षविहीन

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक पास प्रयोग गरी चीनसँग व्यापार सञ्चालन गर्न अनुमति दिएपछि नेपालमा विरोध तीव्र बनेको छ। नेपालले यसअघि पटक–पटक कूटनीतिक नोट पठाएर असहमति जनाए पनि भारतले त्यसलाई बेवास्ता गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भएको सहमतिलाई कार्यान्वयनतर्फ अघि बढाएको हो।

आइतबार परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेन। मन्त्रालयका अधिकारीहरूले समग्र परिस्थितिको मूल्यांकनपछि मात्रै औपचारिक निर्णय लिने बताएका छन्। नयाँ सरकार गठनको तयारी भइरहेका बेला भारतले यस्तो कदम चालेको भन्दै यसलाई राजनीतिक दृष्टिले पनि हेरिएको छ।