कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने

३ हप्ता अगाडि
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय गरिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई बोलाइएको छ।

यसअघि गत शुक्रबारदेखि आइतबारसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो। सभापति थापाको राजीनामापछि उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले फागुन २१ मा भएको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको प्रारम्भिक समीक्षा गरेको थियो।

भोलि बस्ने बैठक भने सभापति थापाकै सभापतित्वमा सञ्चालन हुने जनाइएको छ। बैठकमा पार्टीको आन्तरिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।

यसैगरी, कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका तय गर्ने तयारी समेत भइरहेको नेताहरूले बताएका छन्।