सुनको भाउ घट्दा चाँदीमा वृद्धि

३ हप्ता अगाडि
सुनको भाउ घट्दा चाँदीमा वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहँदा चाँदीको भाउ भने बढेको छ।

आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेर २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यो लगातार छैटौं दिनको गिरावट हो। तर चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग–आपूर्तिको अवस्थाले मूल्यमा प्रभाव पारेको हो।