कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

३ हप्ता अगाडि
कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

बोगोटा । कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ।

‘हर्कुलस सी–१३०’ विमानमा १२८ जना सवार थिए। उडानका क्रममा धावनमार्गमा समस्या आएपछि विमान दुर्घटनाग्रस्त भएको जनाइएको छ।

घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ भने केही अझै बेपत्ता रहेको बताइएको छ। घटनास्थलमा उद्धार कार्य जारी छ र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।