इरान-अमेरिका तनावले तेल मूल्य फेरि उकालो

३ हप्ता अगाडि
इरान-अमेरिका तनावले तेल मूल्य फेरि उकालो

अन्तर्राष्ट्रिय । इरानले अमेरिकासँग वार्ता भएको दाबी अस्वीकार गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ।

ब्रेन्ट क्रुडको मूल्य १०१ डलरसम्म पुगेको छ भने डब्लुटिआई पनि बढ्दो क्रममा छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता सकारात्मक भएको संकेत दिएपछि मूल्य घटेको थियो।

तर इरानले त्यसलाई अस्वीकार गरेपछि बजारमा अनिश्चितता बढेको छ। विशेषगरी स्ट्रेट अफ होर्मुज क्षेत्रमा आपूर्ति अवरुद्ध हुने जोखिमले तेल मूल्य अझ बढ्न सक्ने अनुमान गरिएको छ।