साफ यू–२० मा नेपालको विजयी सुरुवात

३ हप्ता अगाडि
साफ यू–२० मा नेपालको विजयी सुरुवात

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।

माल्दिभ्समा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गरेको हो। नेपालका लागि सुजन डंगोल र सुवास बमले गोल गरेका थिए भने भुटानका ढेन्डुप गेल्टशेनले एक गोल फर्काए।

खेलको १४औँ मिनेटमै भुटान १० खेलाडीमा सीमित भएपछि नेपालले खेलमा पकड जमाएको थियो। यस जितसँगै नेपालले प्रतियोगितामा ३ अंक जोडेको छ। अब नेपालले दोस्रो खेल श्रीलंकासँग खेल्नेछ।