काठमाडौं । पूर्वशिक्षामन्त्री महावीर पुनले नयाँ सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भ्रष्टाचारमा संलग्नलाई नियमअनुसार कारबाही गर्न र आवश्यक परे नयाँ कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रणमा असफल भए जनतामाथि ठूलो धोका हुने चेतावनी दिएका छन्।
पुनले राजनीतिक दलहरू दीर्घकालीन रूपमा सुदृढ हुन पारदर्शिता र सुशासन अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पनि भविष्यमा कमजोर हुन सक्ने टिप्पणी गरेका छन्।