किन भयो ढिला ?
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको ११औँ महाधिवेशनमा बुधबार विहान ८ बजेदेखि मात्रै मतदान हुनेभएको छ । मंगलबार दिउँसो २ बजेबाटै मतदान गर्ने तयारी रहेपनि प्राविधिक कारण सम्भव नभएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारहरुको नाम हेरफेरपछि भोटिङ मेसिनमा कोड गर्नु समय लागेको आयोगले जानकारी दियो । राति ९ बजेपछि सम्भव भएपनि ईश्वर समूहले अस्वीकार गरेको थियो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलबीच विहानबाट मात्र मतदान गर्ने सहमति जुटेपछि सारिएको महासचिवका उम्मेदवार शंकर पोखरेलले जानकारी दिए ।
मंगलबार बिहानदेखि सुरु हुने भनिएको मतदान पटक(पटक सारिएको थियो। एमालेको २ हजार २ सय ६३ प्रतिनिधि रहेका छन्। प्राविधिकहरुले एकजना प्रतिनिधिलाई मतदान गर्न करिब ३० मिनेट लाग्ने बताएका छन्।