डोटी । जिल्लाको आदर्श गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा चालक २२ वर्षीय सुवोध रोकाया र १९ वर्षीय कैलाश विकको ज्यान गएको प्रहरीले जनाएको छ। खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको जीप कच्ची सडकमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनापछि दुवै जनाको शव साइलीखोलामा फेला परेको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।