अदालतको फैसला नआएसम्म महाधिवेशन नगर्न देउवा पक्षको अडान

३ हप्ता अगाडि
अदालतको फैसला नआएसम्म महाधिवेशन नगर्न देउवा पक्षको अडान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा अदालतको फैसला नआएसम्म नियमित महाधिवेशन गर्न नहुने अडान राखेको छ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन नेता श्यामकुमार घिमिरेले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको निर्णयपछि मात्र महाधिवेशनतर्फ जानुपर्ने बताए। घिमिरेले जुन पक्षले आधिकारिकता पाए पनि त्यसपछि नियमित महाधिवेशन सम्पन्न गरेर अघि बढ्नुपर्ने जिकिर गरे।

उनका अनुसार पार्टीभित्रको विवाद समाधान गरी दुवै पक्ष एकजुट भएर अघि बढ्नुको विकल्प छैन। साथै उनले अदालतलाई मुद्दाको छिटो टुंगो लगाउन पनि आग्रह गरेका छन्।