काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से करिब आठ महिनाकै उच्च विन्दुमा पुगेको छ।
२३ दशमलव ८३ अंकले बढेर नेप्से २९६० विन्दुमा पुगेको हो, जुन गत साउन १३ यताकै उच्च हो। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।
आज १४ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। १३६ कम्पनीको मूल्य बढ्दा ११७ को घटेको र ११ को स्थिर रहेको छ।
व्यापार समूह सबैभन्दा धेरै ९ दशमलव १२ प्रतिशतले बढेको छ। यस समूहअन्तर्गतको विशाल बजार कम्पनीको मूल्य झन्डै १० प्रतिशतले बढेपछि समूहमा उछाल आएको हो।