नितिन नवीनले सम्हाले भाजपाको अध्यक्ष पद

४ महिना अगाडि
नितिन नवीनले सम्हाले भाजपाको अध्यक्ष पद

नयाँ दिल्ली । १४ डिसेम्बरमा नियुक्त भएका भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनले जिम्मेवारी सम्हालेका छन् । बिहार सरकारका मन्त्री नितिन नवीनलाई पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्षमा नियुक्त गरिएको हो ।

भाजपाको संसदीय बोर्डले उनको नियुक्ति गरेको थियो । जेपी नड्डाको कार्यकाल गएको वर्ष २०२४ मै सकिएको थियो । भाजपा र उसको माउ संगठन आरएसएसबीच समझदारी नबन्दा ढिलाइ भएको थियो । नितिन नवीन ४४ वर्ष उमेरका मात्र छन् ।