ज्येष्ठ सांसद केसीद्वारा शपथ ग्रहण, भोलि अन्य सांसदलाई शपथ

३ हप्ता अगाडि
ज्येष्ठ सांसद केसीद्वारा शपथ ग्रहण, भोलि अन्य सांसदलाई शपथ

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा उनलाई शपथ गराएका हुन्।

अब केसीले बिहीबार अन्य २७४ सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ।

हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्। केसी नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्।