काठमाडौं । नेपालमा क्षयरोग अझै पनि गम्भीर जनस्वास्थ्य समस्याका रूपमा कायम रहेको देखिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष करिब ६७ हजार नयाँ बिरामी थपिने गरेका छन् भने करिब १६ हजारको मृत्यु हुने अनुमान छ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भुवन पौडेलका अनुसार दैनिक झन्डै ४४ जनाको मृत्यु यस रोगका कारण हुने गरेको छ।
उनका अनुसार उपचार सम्भव भए पनि धेरै संक्रमित उपचारको दायरामा नआउँदा चुनौती थपिएको छ।
हाल देशभर ६ हजारभन्दा बढी स्वास्थ्य संस्थाबाट क्षयरोगको सेवा उपलब्ध छ भने परीक्षण र औषधि निःशुल्क प्रदान गरिँदै आएको छ।
सरकारले आगामी दिनमा एआई आधारित एक्स–रे र पीसीआर परीक्षण सेवा देशभर विस्तार गर्ने योजना बनाएको छ।
सन् २०५० सम्म क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य राखिएको भए पनि त्यसका लागि अझ प्रभावकारी काम आवश्यक रहेको विज्ञहरू बताउँछन्।