काठमाडौं । प्रधानमन्त्री पद सम्हाल्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) को सपथग्रहणका लागि शुभसाइत तय गरिएको छ। प्राप्त जानकारीअनुसार शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा सपथग्रहण गर्ने समय निर्धारण गरिएको हो।
उक्त समयमा नै सपथग्रहण गरिने विषय राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको स्रोतले जनाएको छ। समारोहलाई भव्य र सांस्कृतिक रूपमा समृद्ध बनाउन विभिन्न धार्मिक विधिहरू समावेश गरिने तयारी गरिएको छ।
कार्यक्रममा १०८ जना बटुकद्वारा स्वस्ति वाचन गरिनेछ भने १०७ जना बौद्ध लामाबाट मंगलवाचन गराइनेछ। साथै ७ जना ब्राह्मणले शंखनाद गर्दै कार्यक्रमलाई धार्मिक वातावरणमा सम्पन्न गरिने बताइएको छ।
हिन्दू र बौद्ध परम्पराको समन्वयमार्फत आयोजना गर्न लागिएको यो सपथग्रहण समारोहलाई सांस्कृतिक विविधताको प्रतीकका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ।