नयाँ दिल्ली । इन्डियन आयल कर्पोरेशन लिमिटेडले देशमा पेट्रोलियम पदार्थको अभाव भएको हल्ला अस्वीकार गरेको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै पेट्रोल वा डिजेलको कुनै कमी नरहेको स्पष्ट पारेको छ।
कम्पनीले सामाजिक सञ्जालमा फैलिएका अफवाहहरूमा विश्वास नगर्न र यस्ता सामग्री अगाडि नबढाउन सर्वसाधारणलाई आग्रह गरेको छ। यसैबीच हिन्दुस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेडले पनि देशभर पेट्रोल, डिजेल र एलपीजीको आपूर्ति सामान्य रहेको जनाएको छ।
तेल कम्पनीहरूले पर्याप्त भण्डार उपलब्ध रहेको उल्लेख गर्दै सर्वसाधारणलाई अनावश्यक रूपमा इन्धन सञ्चय नगर्न र आवश्यक परिमाणमा मात्र खरिद गर्न अपिल गरेका छन्।