काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार यो साताको अन्त्यतिर पश्चिमी वायु पुनः सक्रिय हुने सम्भावना देखिएको छ।
वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा मेघगर्जन, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। पूर्वी क्षेत्रमा बढी र पश्चिमी क्षेत्रमा कम प्रभाव पर्ने अनुमान गरिएको छ।